सोमवार, जेष्ठ ७, २०८१

आज अपराह्न समाजवादी मोर्चाको पहिलो बैठक बस्दै

 काठमाडौं असार २३,
समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै छ ।  नेकपा एसको मुख्यालयमा आज अपराह्न ४ बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र मोर्चाको भूमिका विषयक एजेन्दामाथि छलफलसंगै मोर्चाको आलोपालो नेतृत्व बारे छलफल हुने बताइएको छ ।

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा गत असार ४ गते मोर्चा घोषणा गरिएको थियो।