सोमवार, जेष्ठ ७, २०८१

मौसम पूर्वानुमान : देशभर आंशिक बदलीसंगै भारी वर्षाको संभावना

काठमाडौं असार २३,
मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनुको अलावा सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले यसवीचमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकाध स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षा पूर्वानुमान सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू९भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना औल्याएको छ।

त्यस्तै आइतबार र सोमबार पनि देशका सबै प्रदेशका केही स्थानमा वर्षाको संभावना संगै गण्डकी र सुदूरपश्चिम प्रदेशका एकाध स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षा हुने जनाएको छ।