सोमवार, जेष्ठ ७, २०८१

१४ बुँदे प्रतिवद्धता अभिव्यक्त गर्दै कांग्रेस जिल्ला सभापतिहरुको भेला सम्पन्न

काठमाडौं असार २२,
नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला १४ बुँदे प्रतिवद्धता व्यक्त गर्दै आज सम्पन्न भएको छ । क्रियाशील सदस्यता वितरण, नवीकरण तथा अभिलेखीकरणबारे छलफल केन्द्रीत भेला भनिएपनि विहिवार वोल्ने अधिकास जिल्ला सभापतिहरुले पार्टी संगठनको गतिशीलतामा जोड दिएका छन् ।

त्यस्तै बैठकमा पार्टी, नीति र नेतृत्वका सम्बन्धमा उठेका विभिन्न विषयहरूलाई हामीले आसन्न केन्द्रीय कार्य समितिको बैठकमा प्रस्तुत गर्ने काँग्रेसका महामन्त्री गगनथापाले बताउनुभयो ।

बैठक समापन पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापतिहरूले जुन विचार, सुझाव र प्रतिबद्धता जाहेर गर्नुभएको छ, यसले ुबदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने अभियानलाई थप गति प्रदान गर्ने बताउनुभयो ।

 संगठनको सन्दर्भमा जिल्लाको नेतृत्वलाई व्यवस्थित कसरी गर्ने ? भातृ संगठनहरु व्यवस्थित कसरी गर्ने ? जिल्ला सम्मेलनहरुको सन्दर्भमा के गर्ने रु? विदेशमा रहेका आफ्ना जिल्लाका साथीहरुलाई सम्पर्क गर्ने सन्दर्भमा के गर्ने ? भन्ने सावलमा अभिव्यक्त गरिएको १४ बुँदे आन्तरिक प्रतिवद्धताले संगठनका कामलाई तिब्रता दिनका लागि नेताहरुमा ऊर्जा पैदा भएको बताउनु भयो ।