सोमवार, जेष्ठ ७, २०८१

कांग्रेस जिल्ला सभापतिहरुको भेला आज पनि जारी,नेतृत्वलाई एकताबद्ध भएर अघि बढ्न सुझाव

काठमाडौं असार २२,
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला आज पनि जारी रहने भएको छ । विहिवारबाट शुरु भएको६४ जिल्लाका सभापति र ९ जिल्लाका प्रतिनिधि सहभागी प्रस्तुत भेलामा जिल्ला सभापतिहरुले बोल्ने क्रम नसकिएका कारण आज पनि भेला जारी रहने भएको हो ।

क्रियाशील सदस्यता वितरण, नवीकरण तथा अभिलेखीकरणबारे छलफल केन्द्रीत भेला भनिएपनि विहिवार वोल्ने अधिकास जिल्ला सभापतिहरुले पार्टी नेतृत्वलाई एकताबद्ध भएर अघि बढ्न सुझाव दिदै पार्टी संगठनलाई चलायमान बनाउन सुझाव दिएका छन् ।

त्यस्तै केन्द्रीय नेतृत्वमा देखिएको नैराश्यतासंगै संगठनमा शिथिलता आएको जिकिर सहित जिल्ला सभापतिहरुले गुटगत राजनिति भन्दा माथि उठेर काम गर्न आग्रह गर्नुभएको थियो ।

भेलामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाइ रुपान्तरण गर्नुको विकलप नभएको भन्दै अनलाइन विधिबाट क्रियाशील सदस्यता वितरण, नवीकरण तथा अभिलेखीकरणका बारेमा जानकारी दिनु भएके थियो ।