सोमवार, जेष्ठ ७, २०८१

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

काठमाडौं असार २१,
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । बिहीबार थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आज साँझ पाँच बजेसम्मका लागि दिएको समयसिमा अनुरुप सत्ता गठबन्धनका तर्फबाट थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेको हो ।

 नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपाको समर्थनमा थापाले नेपालको संविधान २०७२ को धारा १ सय ६८ को उपधारा २ बमोजिम दाबी पेस गरेका हुन् ।

 ९३ सदस्यीय कोशी प्रदेशमा सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ जना प्रदेशसभा सदस्य छन् । अर्कोतर्फ नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना प्रदेशसभा सदस्य रहेका छन् ।