आइतवार, जेष्ठ ६, २०८१

सरकार बनाउन हस्ताक्षर गर्ने कोशी प्रदेशका सभामुख गौतमविरुद्ध एमाले कानुनी उपचारमा जाने

  • कोशी प्रदेशका सभामुख गौतमको नेतृत्वमा बस्ने बैठकमा सहभागी नहुन आफ्ना सासंदहरुलाइ एमालेको उर्दी
  • नवनियुक्त मुख्यमन्त्री थापाको प्रतिनिधिमुलक मन्त्रीमण्डलसहित पद तथा गोपनियताको सपथ आज
  • विश्वासको मत प्राप्त गरेसंगै पूर्णरुपमा सरकार विस्तार गर्ने तयारी 

काठमाडौं असार २२,
कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार बनाउन हस्ताक्षर गरेसंगै प्रतिपक्षीदल नेकपा एमालेले सभामुख गौतमको हस्ताक्षर विरुद्ध कानुनी उपचारमा जाने तयारी गरेको छ ।

नेपालको इतिहासमा पहिलोपटक सभामुखले सरकार बनाउन आफैले हस्ताक्षर गरेको जिकिर सहित नेकपा एमालेले  कुनै पनि दलको सदस्य र संसदीय दलको ह्विपसमेत नलाग्ने सभामुखलाई सरकार गठनका लागि चाहिने सदस्य सङ्ख्यामा राखिएपछि सरकार गठन प्रक्रिया विवादास्पद बनेको हो । सिर्जित प्रस्तुत विवादसंगै
सभामुख गौतमको नेतृत्वमा बस्ने सभाको बैठकमा सहभागी नहुन आफ्ना सासंदहरुलाइ उर्दी समेत जारी गरेको छ ।

कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारबाट जसपा वाहिरिएसंगै तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विस्वासको मतको लागि गरेको प्रस्ताव असफल भएसंगै कार्की नेतृत्वको सरकार अपदस्थ भएको थियो ।

यसवीचमा प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न विहिवार साँझसम्मका लागि दिएको समयसिमा अनुरुप सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा थापाले दुई वा दुई भन्दा बढी दलहरूको समर्थन सहित प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा लाइ थापा नियुक्त गर्नुभएको हो ।

 ९३ सदस्यीय कोशी प्रदेशमा सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक एमालेका ४० र राप्रपाका ६ जना प्रदेशसभा सदस्य रहेका छन् ।

यसवीचमा नेकपा एमालेले सभामुख गौतमको हस्ताक्षरका सरकार बनाउने प्रयास भइरहेको चाल पाएपछि एमालेले प्रदेश प्रमुख खापुङ समष निवेदन दिएपनि प्रदेश प्रमुखले निवेदनलाइ वेवास्ता गर्दै सभामसख गौतमको हस्ताक्षरलाई समेत मान्यता दिएर उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेको एमालेको आरोप रहेको छ ।

यसैवीच नवनियुक्त मुख्यमन्त्री थापाले आज प्रतिनिधिमुलक मन्त्रीमण्डलसहित पद तथा गोपनियताको सपथ लिने कार्यक्रम तय भएको छ ।   ३० दिन भित्र विश्वासको मत प्राप्त गरेसंगै पूर्णरुपमा सरकार विस्तार गर्ने तयारी गरेको बुझिएको छ।