सोमवार, जेष्ठ ७, २०८१

संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउने सहमति

काठमाडौं असार १९ ,
सभामुख देवराज घिमिरेको आव्हानमा आज बसेको सत्तारूढ दल माओवादी केन्द्र, नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षदल नेकपा एमाले शिर्ष नेतृत्व बीच भएको छलफलमा संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ।

संसदीय समितिमा सभापति चयन हुन नसक्दा संसदीय समितिहरूले काम गर्न नसकेपछि सभामुख घिमिरेले शिर्ष नेतृत्वको बैठक वोलाउनुभएको हो ।

शिर्ष नेतृत्ववीच आज भएको छलफलमा सभामुख घिमिरेले संसदीय समितिको नेतृत्व चयनमा तपाईंहरूबीच कुनै समझदारी हुन्छ कि निर्वाचन प्रक्रिया अघि बढाउँ भन्दै बैठकको विषय एजेन्दा प्रस्तुत गरेपछि प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संसदीय समिति सभापति चयन प्रक्रिया अविलम्ब अघि बढाउने सहमति भएको हो।

त्यस्ते बैठकमा सहभागी कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले सभापति चयनबारे सबै दलका प्रमुख सचेतकहरूसँग छलफल गरेर चाँडै प्रक्रिया अघि बढाउने सहमति भएको बताउनुभयो ।