सोमवार, जेष्ठ ७, २०८१

ललिता निवास जग्गा प्रकरणका आरोपी उपर संगठित अपराधमा अनुसन्धान गर्न अनुमति

काठमाडौं असार १९ ,
काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका ९ जनालाई संगठित अपराधमा अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

प्रहरी उच्च् स्रोतका अनुसार किर्ते अपराधमा अनुसन्धान गर्ने क्रममा पक्राउ परेकाहरुलाई २५ दिनभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने कानुनी प्रावधान रहेको तर संगठित अपराधमा अनुसन्धान गर्दा पक्राउ परेका अभियुक्त उपर हिरासतमै राखेर ६० दिनसम्म अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

प्रहरीले यस प्रकरणमा क्रमस भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम छन् । यसैगरी समरगन्ज कम्पनीका तत्कालीन अधिकृत रमेशकुमार पोखरेल, नक्कली मोही बनेका देवनारायण महर्जन, काठमाडौं महानगरपालिकाका बहालवाला अधिकृत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन, तत्कालीन नापी अधिकृत घमनकुमार कार्कीलाइ पक्राउ गरेका छन ।

त्यस्तै अदालतको अनुमति संगै पक्राउ परेका ९ जनालाई प्रहरीले हिरासतमै राखेर ६० दिनसम्म अनुसन्धान गर्ने र बाँकी अनुसन्धानको घेरामा रहेका १२१ जनालाइ पनि पक्राउका लागि आवश्यक अनुसन्धान हुँदै गरेको प्रहरीले जनाएको छ ।