सोमवार, जेष्ठ ७, २०८१

अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी पहिरोको जोखिमसंगै राजमार्ग अवरुद्ध

काठमाडौं असार १९,
बढ्दो मनसुनी प्रणालीको प्रभावसंगै केहिदिन यतादेखि पर्दै आएको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी पहिरोको जोखिम बढेको जनाउँदै बाढी मापन केन्द्रले नदी तथा खोलाहरुमा पानीको सतह बढ्दा किनारका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह गरेको छ ।जनाएको छ ।

अविरल वर्षाका कारण मंगलबार बिहान पहिरो जाँदा दाङ, मुस्ताङ, दार्चुला, दोलखा र मकवानपुर गरी पाँच ठाउँमा सडक अवरोध भएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अविरल वर्षाका कारण नदीको वहाव बढुनको अलावा पहिरोका कारण दाङ गढवा गाउँपालिका १ धानखोलास्थित पुर्व(पश्चिम राजमार्ग, मुस्ताङ थासाङ गाउँपालिका-३ धम्पुस्थित बेनि जोमसोम सडकखण्ड, दार्चुला शैल्यशिखर नगरपालिका-९ नक्तड तथा सोही नगरपालिका -६ पनेबांजस्थित गोकुलेश्वर दार्चुला सडकखण्ड, दोलखा कालिञ्चोक गाउँपालिका -४ चप्लेटीस्थित चरिकोट सिंगटी सडक खण्ड र मकवानपुर ईन्द्रासरावर गाउँपालिका -५ स्थित महालक्ष्मीखोला चखेल देराली मातातिर्थ सडकखण्ड पहिरोका कारण पूर्णरूपमा अवरोध भएको जनाएको छ।

पहिरो गएका सबै स्थानमा तत्काल प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै अवरोध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।  त्यस्तै सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तानसेन नगरपलिका ८, गौडेपुलनजिक पहिरो खसेर राजमार्ग अवरुद्ध भएसंगै पाल्पातर्फ आउने र बुटवल हिँडेका सवारीसाधन र यात्रु अलपत्र परेका छन् ।

 यसैगरी हेवा खोलामा पानीको सतह बढ्दा मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्ड पुनः अवरुद्ध भएको समाचार प्राप्त भएको छ।