सोमवार, जेष्ठ ७, २०८१

सम्पदाको मौलिकता जोगाउन हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध

काठमाडौं असार १९,

काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको छ ।

महानगर प्रमुख बालेन्द्र साहले आफ्नो सामाजीक सञ्जालमा महानगरको आधिकारिक धारण सार्वजनिक गर्दै काठमाडौ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरणसंगै काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरुजुन विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भएका कारण सम्पदाको प्राचीन मौलिकता जोगाउँन हनुमानढोकादरवार क्षेत्रमा सवारीसाधन निषेध गर्नुको विकल्प नभएको उल्लेख गरेका छन ।

 त्यस्तै प्रमुख साहले वसन्तपुर हनुमानढोका हेर्न र यहाँको प्राचिनताको अनुभव गर्न र रमाउन लाखौँ आउँने पर्यटकहरुका लागि सम्पदा क्षेत्रको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको जिकिर गर्दै यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरिएको उल्लेख गरेका छन ।

यसअघि पनि पटक पटक दरवार क्षेत्रमा सवारीसाधन निषेधको कार्ययोजना कार्यान्वयन गर्ने प्रयास भएपनि वैकल्पिक मार्ग नभएका कारण स्थानीयको विरोध पछि महानगर पछि हटेको थियो ।

तर पछिल्लो समय विष्णुमति साइडको लिंक रोड बनेसंगै आवात जावतको लागि वैकल्पिक मार्ग सञ्चालनमा आइसकेको अवस्था रहेका कारण स्थानीयलाइ पासको व्यवस्था सहित दरवारक्षेत्रमा सवारी निषेधको योजना कार्यान्वयनमा सहजता हुने विस्वास गरिएको छ।