सोमवार, जेष्ठ ७, २०८१

काँग्रेस प्रचार विभागको बैठक: आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल सञ्चालन गर्ने निर्णय

काठमाडौंअसार १८,
नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा आज बसेको बैठकले वेबसाइट र आधिकारिक समाजिक सञ्जाल सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यस्ते बैठकले हाल सञ्चालित पार्टीको नाम, झण्डा र चुनाव चिह्न राखी खोलिएका विभिन्न सामाजिक सञ्जाल र अन्य पेजहरूलाई विभागमा एक महिनाभित्र सम्पर्क गर्न आह्वान गर्दै तोकिएको समय सिमा सम्पर्कमा नआउनेलाई अनाधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने नितिगत निर्णय समेत गरेको छ।

साथै बैठकले कांग्रेसको सरकारले आजसम्म गरेका राम्रा कामको सन्देश जनसमक्ष पु¥याउन र पचार विभागको दैनिक गतिविधिलाई गतिशीलताका साथ प्रभावकारी रूपमा सञ्चालन गर्न पदाधिकारीसहितको सचिवालय गठनसंगै पार्टी मसख्यालयमा विभागको कार्यालय सञ्चालन गर्ने निर्णय समेत गरेको छ भने विभागका सदस्यहरूको विशिष्ट ज्ञान, क्षमताअनुसार कार्यविभाजन गर्ने उद्देश्यले व्यक्तिगत विवरण सङ्कलन गर्ने, विभागको कामलाई प्रभावकारी बनाउन विभिन्न समिति अवधारणा समेत कार्यान्वयनमा ल्याृनका लागि निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गर्ने र सो समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन विभागका प्रमुखलाई बुझाउने निर्णय समेत गरेको छ ।
नव गठित निर्देशिका मस्यौदा समितिमा संयोजक दीपकप्रसाद कुइँकेल र सदस्यहरू गोविन्द परियार, गणेश केसी, लीला खनाल, अनुषा नेपाल, राजबहादुर गुरुङ र निमग हुमागाईं रहनुभएको छ भने तर्जुमा समितिमा समितिका संयोजक गोपालकुमार झा र सदस्यहरू तिलक राई, उमिद वागचनलगायतका सदस्य रहनुभएको छ।