सोमवार, जेष्ठ ७, २०८१

घट्यो इन्धनको मूल्य, प्रतिलिटर रु १७० मा कारोवार हुने

काठमाडौंअसार १८,
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले आज मध्यरात्रीबाट लागु हुनेगरी मूल्य घटाउने निर्णय गरेको हो ।

 निगमले जारी गरेको विज्ञप्तिमा काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको मूल्य प्रतिलिटर १७०, डिजेल र मट्टितेल १५०-१५० रुपैयाँ कायम भएको उल्लेख रहेको छभने तराईमा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५, डिजेल मट्टितेल १४७।५–१४७.५ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य प्रतिलिटर १६९, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९(१४९ रुपैयाँ कायम गरिएके छ । तर निगमले इन्धनको मूल्य घटाउँदै गर्दा खाना पकाउने ग्यासको मूल्य भने स्थिर रहेको जनाएको छ ।