मङ्लबार, जेष्ठ १, २०८१

ललिता निवास जग्गा प्रकरणमा थप दुईजना पक्राउ

काठमाडौंअसार १८,
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा सोमबार थप दुईजनालाइ पक्राउ गरेका छन। व्युरोका अनुसार प्रक्राउ परेका दुइजना क्रमस समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन रहेको जनाएको छ ।

समरजंग कम्पनीका तत्कालीन अधिकृत पोखरेलले सरकारी जग्गालाई टिकिन्छा गुठीको नाममा नामसारी गर्दै गुठीको जग्गा बनाउन किर्ते गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो भने महर्जनलाइ टिकिन्छा गुठीको नक्कली मोही बनेको आरोपमा पक्राउ गरेको हो ।

यसरी पोखरेल र महर्जन पक्रउपरेसंगै प्रस्तुत प्रकरणमा प्रकाउ पर्नेको संख्या ९ पुगेको छ । यसअघि शनिवार प्रहरीले काठमाडौं महानगरका बाहलवाला अधिकृत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी अधिकृत घमनकुमार कार्की प्रकाउ गरेको छभने त्यसअघि ४ जनालाइ प्रकाउ गरेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु