मङ्लबार, जेष्ठ १, २०८१

गिरिजाप्रसाद कोइराला आफ्नो प्रेरणाको स्रोत : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं असार १८,
नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।

यसैक्रममा आज जी पी कोइराला मेमोरीयल कलेजको १२ औं वार्षिक उत्सव तथा गिरिजा प्रसाद कोइरालाको सतबार्षिकी समारोहलाइ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गिरिजाप्रसाद कोइराला नेपाली राजनितिको शिखर व्यक्तित्व भएको बताउनुभएको छ।

त्यस्तै सम्बोधनको क्रममा उहाँले मैले लेफ्टहरुको युनिटीको कुरा गर्दा नेपाली कांग्रेससँग डिसयुनिटी कहिले पनि नहुँने बताउँदै काँग्रेसका पूर्व सभापति कोइरालाले तत्कालीन नेकपा माओवादीको सशस्त्र विद्रोहलाइ शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र मुलुकमा गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको चर्चा सहित कांग्रेस र कम्युनिष्टवीचको सहकार्यमानै मुलुकमा राजनीतिक परिवर्तनको उपलब्धि हात पार्न सकेको भन्दै प्राप्त उपलब्धि कांग्रेससँगै मिलेर गणतन्त्रको रक्षासंगै शान्तिप्रक्रियाको बाँकी कामकारवाही र देशलाई समृद्धिमा लैजाने बताउनुभयो ।

साथै उहाँले पाँच पटक मुलुकको प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापतिको सफलतापूर्वक कार्यसम्पादन गर्नु भएका कोइरालाले आफ्नो प्रेरणाको स्रोत भएको बताउँदै उहाँलाइ गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउँदा आफूबाट गल्ती भएको स्वीकार गर्दै  कोइरालाको चाहनाविपरीत कतिपय निर्णय गर्दा पनि आफूप्रति विश्वास गर्न नछोडेको बताउँदै कोइराला नभएको भए गणतन्त्र आउन नसक्ने बताउनुभयो । कोइरालाको राजनीतिक सुझबुझ र दुर्दृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको भन्दै  प्रधानमन्त्री प्रचण्डले  गिरिजाप्रसाद कोइरालाको नामबाट विश्वविद्यालय स्थापना गर्नुपर्ने प्रस्तावलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।