सोमवार, जेष्ठ ७, २०८१

आज पूर्व प्रधानमन्त्री स्व :कोइरालाको विभिन्न कार्यक्रम सहित जन्म शताब्दी मनाइँदै

काठमाडौं असार १८,
नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व: गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।

विसं १९८१ असार १८ गते जन्मेका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो । जन्म जयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीप प्रज्वलनलगायतका कार्यक्रम राखेका छन् ।

पूर्व सभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा  माओवादीलाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

पाँच पटक मुलुकको प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापतिको सपफलतापूर्वक उहाँले कार्यसम्पादन गर्नु भएको थियो ।