सोमवार, जेष्ठ ७, २०८१

गएराति पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फीनै अवरुद्ध

काठमाडौं असार १७,
बढ्दो मनसुनी वायुको प्रभावसंगै परेको अविरल वर्षाका कारण लगातार पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा शनिवार राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

अहिले पहिरो पञ्छाउने तयारी भइरपनि पहिरोमा विद्युत्को समेत रहेका कारण पहिरो हटाउँन असहज भएको जनाउ संगै विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन शुरू गरिने प्रहरीले जनाएको छ ।

दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा बिहीवारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँनुको अलावा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रुले निकै हसहजा व्यर्होनु परको छ ।