सोमवार, जेष्ठ ७, २०८१

आईसीसी विश्वकप छनोटको प्लेअफ खेलमा नेपाल र यूएईवीच प्रतिस्पर्धा हुँदै

काठमाडौं असार १७,
जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोटको प्ले अफ खेल अन्र्तगत आज नेपाल र यूएईवीच प्रतिस्पर्धा हुने भएको छ।  नेपाली समयअनुसार दिउँसो पौने १ बजे पछि जिम्बाब्वेको ताकासिन्हा स्पोर्टस क्लबमा सुरु आजको खेलमा नेपालले छनोटखेलको ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंक जोड्दा यूएई अंकविहीन रहेको छ ।

नेपाल समूह ‘ए’ को चौथो र समूह ‘बी’ को पाँचौं स्थानमा रहेका यूएईवीचको आजको प्लेअफ खलमा यूएईविरुद्ध जित हातपारे सातौँ स्थानमा लागि आयरल्यान्डको सामना गर्नेछ भने पराजित भए नवौँ स्थानका लागि अमेरिकासँग खेल्नेछ ।

त्यसोत नेपालले यसअघि भएका पाँच खेलमध्ये चार खेलमा सहजै जित हात पार्दैगर्दा एक खेल भने यूएइले जितेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु