सोमवार, जेष्ठ ७, २०८१

प्रतिनिधिसभा बैठक: आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारितका लागि छलफल हुने

काठमाडौं असार १७,
प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयकमाथि छलफल हुने भएको छ ।  आगामी आवको बजेट कार्यान्वयनका लागि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक संसदबाट पारित हुन बाँकी रहेका कारण यी दुइ विधेयकमाथि आज छलफल हुन लागेको हो । यसअघि विनियोजन विधेयक पारित भइसकेको छ ।

 संघीय संसदका महासचिव भरतराज गौतम जारी गर्नुभएको बैठकको सम्भावित कार्यसूचीमा ‘आर्थिक विधेयक २०८०’ माथि छलफल हुने उल्लेख गरिएको छ ।

त्यस्तै बैठकमा उक्त विधेयकमाथिको छलफलपछि परेका संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्दै आजै उक्त विधेयक पारित गर्ने तयारी रहेको थाहा भएके छ। यसका लागि अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची रहेको रहेको छ ।

यसैगरी अर्थमन्त्री डा महतले आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयकमाथि दफावार छलफलका लागि सदनमा प्रस्ताव प्रस्तुत गर्ने भएको छ । यसपछि उक्त विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।