सोमवार, जेष्ठ ७, २०८१

काँग्रेसको नविन भविष्यका लागि रुपान्तरण: महामन्त्री थापा

काठमाडौं असार १६,
कांग्रेस दोलखा-काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काँग्रेसको नविन भविष्यका लागि रुपान्तरण आजको पहिलो आवश्यकता भएको बताउनुभएकोछ ।

त्यस्तै उहाँले आफु दाग लागेको कांग्रेसको महामन्त्री हुनु भन्दा सफा कांग्रेसको कार्यकर्ता बन्न तयार रहेको बताउँदै यसको लागि आफु बदलिन तयार रहेको बताए । साथै डेमोक्रेसीमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने पद्दति कुनै पनि देश नभएको दाबी गर्दै नेतृत्व परिवर्तनका लागि विधि र थिति बसाल्नुको विकल्प नभएको बताउनुभयो ।

त्यस्तै एउटै व्यक्ति पटक पटक प्रधानमन्त्री बन्ने क्रमको क्रमभंगताले मात्रै पार्टीमा नयाँ उत्साह सिर्जना हुने भन्दै महामन्त्री थापाले बदलिएको, सफा र सुद्ध कांग्रेसको कार्यकर्ता मात्रै भएर पछाडि बस्दा मज्जा आउँने बताउनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु