आइतवार, बैशाख ३०, २०८१

राष्ट्रपति पौडेल उपचारपछि डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

 काठमाडौं असार १३,
स्वास्थ्यमा समस्या आएसंगै मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज भएका छन् । गत असार २ गते उपचारका लागि भर्ना भएका पौडेल स्वास्थ्यलाभ गरी आज निवास फर्केको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

अहिले उहाँको स्वास्थ्यअवस्था सामान्य रहेको छ । ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भई विभिन्न परीक्षण, चिकित्सकहरूको निगरानी तथा उपचारपछि आज दिउँसो डिस्चार्ज भई राष्ट्रपति निवास फर्कनुभएको छ,’ प्रवक्ता भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै डिस्चार्ज भएपछि राष्ट्रपति पौडेलले आफ्नो स्वास्थ्यप्रति चासो राख्ने सबैमा धन्यवाद प्रकट गरेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031