मङ्लबार, जेष्ठ १, २०८१

गापा उपाध्यक्ष हेम कुमारी, प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठसहित ११ जनाविरुद्व भ्रष्टाचार मुद्धा

काठमाडौं असार ७,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको मोलुंग गाउँपालिका २ का उपाध्यक्ष हेम कुमारी तामाङ्ग,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठसहित ११ जनाविरुद्व तीन लाख ८२ हजार ५० रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुदा दायर गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालले आज जारी विज्ञप्तिमार्फत मुद्धा दायर गरिएको आरोपीहरुमा क्रमस इन्जिनियर माधव निरौला, असिस्टेन्ट सब–इन्जिनियर शिवप्रसाद अधिकारी निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र राई, सचिव भक्तराज राई, कोषाध्यक्ष ननमाया राई, तत्काली वडा अध्यक्ष टंकबहादुर कार्की, तत्कालीन उपाध्यक्ष, अनुगमन समितिका संयोजक हेम कुमारी तामाङ, वडा सदस्य ओमबहादुर राई, लेखा अधिकृत प्वल घिमिरे र योजना शाखा प्रमुख वोदन केसी रहेको जानकारी दिएका छन ।

मुद्धा दायर भएका अभियुक्तहरुले मोलुंग गाउँपालिका २ स्थित काफलबोटदेखि होल्पु मिसन हस्पिटलसम्म नयाँ सडक निर्माण योजनामा अनुसन्धान हुँदा किर्ते गरी नक्कली फाइल खडा गरी अनियमितता गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031