सोमवार, बैशाख ३१, २०८१

उच्च अदालतको आदेश- राजधानीमा पुन: तीन दिने शैक्षिक मेला सञ्चानल हुने

काठमाडौं असार ७,
उच्च अदालत पाटनले बुधबार जारी अन्तरिम आदेशसंगै हिसान शैक्षिक मेला’ शुक्रवारदेखि सञ्चालन हुने भएको छ। यसअघि गत जेठ ३२ गते उक्त मेला सञ्चालनमा काठमाडौं महानगरपालिकाले रोक लागाएको थियो। तर प्रस्तुत शैक्षिक मेला नरोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि शैक्षिक मेला फेरि सञ्चालन हुन लागेको हो ।

असार ८, ९ र १० गते तीन दिन काठमाडौंको भृकुटीमण्डपमा बिहान १० देखि अपराह्न ५ बजेसम्म मेला सञ्चालन हुने जानकारी दिदै आयोजकले महानगरको हस्तक्षेप विरुद्ध उच्च अदालतमा दायर रिटको सुनवाइ गर्दै न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासले दुवै पक्षको सुनुवाइ पछि शैक्षिक मेला बन्द नगर्न अन्तरिम आदेश जारी गरेको जानकारी दिएका छन ।

गत असार १ गते प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त शैक्षिक मेलाको उद्घाटन गर्नुभएको थियो ।