सोमवार, बैशाख ३१, २०८१

मोसमी पूर्वानुमान : कोशी, बागमती र गण्डकीप्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं असार ७,
मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमार्फत यसवीचमा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका तराईका भूभागमा सामान्य बदली रहनुको अलावा आज दिउँसो कोशी कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङ् सहितभारी भारीवर्षाको सम्भावना रहेको जनाएको छ ।  साथै आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा समेत वर्षाको संभावना औल्याएकोछ ।

त्यस्तै शुक्रबार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षाको संभावना संगै कोशी र गण्डकी प्रदेशका एकाध स्थानमा भारी वर्षा हुने जनाएको छ ।

त्यस्तै शनिबार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसंगै  बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावनासंगै लुम्बिनी प्रदेशको एकाध स्थानमा भारी वर्षाको पूर्वानुमान गरेको छ ।