सोमवार, बैशाख ३१, २०८१

महानगरको नीति तथा कार्यक्रम : ४०माइक्रोनभन्दा कम प्लास्टिकका झोलामा प्रतिबन्ध

‘उज्यालो सहर, मेरो महानगर’ परियोजना,महानगरलाई हराभरा बनाउन ‘मेरो रहर, हरित सहर’ गौरवको योजनाको कार्यान्वयन संगै संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम महानगरपालिकाको पूर्वसहमति एवं समन्वयबिना छनोट भएका योजना तथा कार्यक्रम कार्यान्वयन नगर्ने निति अख्तियार गर्ने महानगरको तयारी 

काठमाडौं असार ७,
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र आगामी साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुधवार महानगरका प्रमुख बालेन्द्र साहले वातावरण व्यवस्थापनसम्बन्धी कार्यनीतिमा प्लास्टिक तथा प्लास्टिकबाट बन्ने सामग्रीमा प्रतिबन्ध लगाइने बताउनुभएको हो ।

यसवीचमा महानगर प्रमुख साहले प्लास्टिकका फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातमा समेत रोक लगाइने जनाउ सहित नदी सरसफाइलाई स्वर्णिम योजनाका रुपमा सञ्चालन गर्ने बताउनुभएकोछ ।

त्यस्ते प्रस्तुत नीति तथा कार्यक्रम महानगरको फोहरको दीर्घकालीन व्यवस्थापनका लागि आगामी आर्थिक वर्षभित्र ठोस योजनालाइ प्राथमिकताका साथ कार्यान्वयन गर्ने जनाउसंगै धुलोरिहत महानगरको परिकल्पनालाइ सार्थकता दिदै आधुनिक प्रविधिसहितको अपाङ्गमैत्री भौतिक पू्र्वाधार निर्माण, संस्कृति तथा सम्पदाको संरक्षण लगायत योजना समेत तर्जुमा गरेको छ ।

त्यस्तै निति तथा कार्यक्रममा ‘उज्यालो सहर, मेरो महानगर’ परियोजनालाई गौरवका योजनाका रूपमा सञ्चालन गरिनेछ । महानगरका विभिन्न एक सय स्थानमा ‘हाई मास लाइट’ जडान गरिने ,कामपा क्षेत्रभित्रका सडकपेटीमा पैदल यात्रालाई सहज तथा सुरक्षित बनाउन एवं अपाङ्गतामैत्री बनाउनका लागि सडक पेटीमा रहेका अवरोध ट्याङ्की, पर्खाल, बिजुली तथा टेलिफोनका पोल तथा डिस्ट्रिब्युसन बक्स, कम्युनिकेशन बक्स जस्ता संरचना स्थानान्तरण गर्न कानून तर्जुमा गरी कार्यान्वयनमा ल्याइने निति संगै नेपाल भाषा, लिपि, साहित्य, कला, सीपको जगेर्ना गर्ने, स्थान तोकेर विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यका लागि स्थानीय समुदाय तथा कलाकारसँग सहकार्य गरी स्वर्णिम योजनाका रूपमा कार्यक्रम सञ्चालन गरिने नीति पनि महानगरले लिएको छ ।

वार्षिकरूपमा एक लाख रुख बिरुवा रोपी महानगरलाई हराभरा बनाउन ‘मेरो रहर, हरित सहर’ गौरवको योजनाको रूपमा कार्यक्रम सञ्चालनसंगै कामपा वडा नं ३२ स्थित तिनकुनेको जग्गाको मुआब्जासम्बन्धी विषयको समस्या समाधानका लागि सङ्घीय सरकारसँग ठोस पहल गरी उक्त स्थानमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गर्ने योजनालाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्त्वका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, चैत्य, स्तूप आदिको अभिलेख राखी संरक्षणको व्यवस्था मिलाइने उल्लेख छ । निजी क्षेत्र, व्यवसायी र स्थानीय समुदायसँग सहकार्य गरी महानगर क्षेत्रभित्र होमस्टे सञ्चालन गर्न कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने कार्यक्रम समेत समेटिएको भने  नीति तथा कार्यक्रममा सङ्घ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम महानगरपालिकाको पूर्वसहमति एवं समन्वयबिना छनोट भएका योजना तथा कार्यक्रम कार्यान्वयन नगर्ने योजना 

प्रस्तुत महानगरको कार्यक्रम शुक्रबार नगरसभामा छलफलका लासग पेश गरिने र छलफल पछि पारित गरिने महानगरले प्रशासनले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031