सोमवार, बैशाख ३१, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको जारी थुनछेक बहस सकियो

शुक्रबार सरकारी वकिलको जवाफी बहस हुने

काठमाडौं जेठ ३२,
बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको जारी थुनछेक बहस आजबाट सकिएको छ ।  नक्कली शरणार्थी मुद्दामा पक्राउ परेका १८ प्रतिबादीका तर्फबाट कानुन व्यवसायीहरुले बहस गरेसंगै थुनछेक बहस सकिएको हो ।

अवको चरणमा प्रतिवादीका वकिलहरुको बहस सकिएसँगै शुक्रबार सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ ।

जवाफी बहस शुक्रवार सकिएको अवास्थामा प्रस्तुt  प्रकरणमा पक्राउ परेका अभियुक्तहरुलाइ थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटी वा साधारण तारेखमा छाडेर मुद्दा किनारा लगाउने भन्ने आदेश न्यालयले दिने भएके छ ।