सोमवार, बैशाख ३१, २०८१

महानगरपालिकाभित्र हिन्दी चलचित्र चल्न नदिने महानगर प्रमुख बालेन्द्रको चेतावनी

काठमाडौं जेठ ३२,
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले दक्षिण भारतीय चलचित्र आदिपुरुषको सम्वादलाई लिएर आपत्ति जनाएका छन् ।

आदिपुरुष रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सम्वाद हटाउन मेयर साहले माग गरेका छन् । उनले सो सम्वाद नसच्याए काठमाडौं महानगरपालिकाभित्र कुनै हिन्दी चलचित्र चल्न नदिने चेतावनी दिदै सम्वाद सच्याउँन तीन दिने अल्टिमेटम समेत दिएका छन् ।

महानगर प्रमसख शाहले अफ्नो सामाजिक सन्जाल मार्फत आज ‘दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभइ भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिइने लेखेका छन ।  जानकी भनेको राजा जनककी छोरी सीताको अर्को नाम हो । उनकै नाममा जनकपुरधाममा जानकी मन्दिर रहेको छ ।

दक्षिण भारतीय सिनेमा ‘आदिपुरुष’ शुक्रबारदेखि काठमाडौंका हलमा प्रदर्शन हुन लागेका बेला मेयर साहहको यस्तो चेतावनी दिएके हो ।