सोमवार, बैशाख ३१, २०८१

प्रतिनिधिसभा बैठकमा आजबाट मन्त्रालयगत बजेटमाथि छलफल हुने

 

काठमाडौं जेठ ३२ ,
प्रतिनिधिसभा बैठकमा आज बस्ने बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरुमाथि हुने छलफल अन्तर्गत मन्त्रालयगत छलफल प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ।

साथै सचिवालयले यी मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत रहेको जनाएको छ ।