सोमवार, बैशाख ३१, २०८१

बागमती प्रदेशसभा: आव ०८०र८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गरिने

काठमाडौं जेठ ३२ ,
बागमती प्रदेशसभाको आज बस्ने बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आर्थिक वर्ष २०८०/८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्नुहुने भएको छ ।

प्रदेशसभा सचिवालयलेका अनुसार आजको मन्त्री लामाले बैठकमा प्रस्तुत गर्नुहुने सर्वेक्षणमाथि प्रदेशसभा सदस्यले छलफलमा सहभागी भइ आ–आफ्नो धारणा राख्ने कार्यसूची रहेको जनाएको छ।

त्यस्तै सचिवालयले आगामी असार १ गते बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री लामाले आव २०८०/८१ का लागि बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको समेत सचिवालयले जनाएको छ ।