सोमवार, बैशाख ३१, २०८१

संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तवित प्रन्या कार्कीको कार्ययोजना प्रस्तुत

काठमाडौं जेठ ३२ ,
सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीशको हरिकृष्ण कार्कीको आजबाट संसदीय सुनुवाइ सुरु भएको छ । सिंहदरबारमा बुधबार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले निर्णय अनुसार कार्कीलाई सुनुवाइका लागि आज बैठकमा वोलाइएको हो ।

 आजको बैठकमा प्रस्तवित प्रन्या कार्कीले आफ्ना प्रधानन्यायाशीका रुपमा काम गर्ने कार्ययोजना प्रस्तुत गर्दै विगत ८ वर्षदेखि थाँटी रहेको मुद्दाको निरुपण संगै पछिल्लोसमय १५ वर्ष पुराना मुद्दा नील गर्न लागिपरेको बताउनुभएको छ।

त्यस्तै उहाँले आफू सर्वोच्च अदालतमा आएपछि दुई वर्ष पुराना ५ हजार ९५८ वटा मुद्दा फैसला भएको र पाँच वर्ष नाघेका दुई हजार ७७६ मुद्दा फैसला भएको समितिलाइ जानकारी दिदै अदाललतलाइ सबैको आस्था भरोसाको केन्द्रमा रुपान्तरण गर्न लागि परेको बताउनुभएको छ।

आजको बैठकमा कार्कीले कार्ययोजना प्रस्तुत गरेपछि समितिको बैठक शुक्रवार विहान ८ बजे सम्मका लागि स्थगित गरिएको छ। प्राप्त जानकारी अनुसार शुधmवारको बैठकममा कार्कीमाथिको बाँकी सुनुवाइ संगै उजुरीकर्ताले कार्कीमाथि उठाएको प्रश्नको जवाफ समेत दिनेकार्य सूची रहेको बुझिएको छ।