सोमवार, बैशाख ३१, २०८१

वर्षासँगै थोरै तापक्रम घटेपनि गर्मीको सूचाकं भने यथावत

काठमाडौं जेठ ३० ,
जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो समय बढ्दो उच्च तापक्रमका कारण अत्यधिक गर्मी बढेसँगै तातो हावा तथा लू बाट बच्न आग्रह गरेको छ ।

महाशाखाले बढ्दो उच्च तापक्रमका कारण प्रभावित जनजीवन कोशी, मधेस, बागमती प्रदेशको तराईका भूभागमा भएको वर्षासँगै थोरै तापक्रम घटेपनि गर्मीको सूचाकंमा भने खासै परिवर्तन नआएको जनाउँदै सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको भूभागमा अत्यधिक गर्मीको अझै सम्भावना रहको जनाएको छ ।

त्यस्तै महाशाखाले नेपालमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावसंगै आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एकाध स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसैवीच महाशाखाले आज जारी मौसम पूर्वानुमान वुलेटिनमा उल्लेख भएअनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षाको सैंभावना औल्याएको छ भने बिहीबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031