सोमवार, बैशाख ३१, २०८१

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रम  बाबुरामविरुद्ध बालसेना प्रकरणको दायर रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं जेठ ३० ,
जनमुक्ति सेना नेपालका अध्यक्ष लेलिन बिष्टसहितले प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ ।

माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको क्रममा बाल सेना दुरुपयोग लगायतका जिकिर सहित दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।

त्यस्तै दायर रिठ निवेदनमा द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको र पछि बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री भट्टराईमाथि कारबाहीको माग गरिएको छ ।

त्यस्तै तत्काल आफूहरुलाई बालसेनाको पहिचान दिएर परिपूरण, क्षतिपूर्ति, न्यायलगायका काम कारबाही गुर्न गराउन भनी अन्तरिम आदेशको माग समेत गरेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031