बिहिबार, बैशाख २०, २०८१

शरणार्थीका ठगी प्रकरणमा काँग्रेस नेता खाणको बयान आज लिइदैं

 काठमाडौं जेठ २,
नक्कली भुटानी शरणार्थीका ठगी प्रकरणमा आइतबार राति पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान लिने कार्य हिजो राति सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार अपराह्नदेखि रायमाझीसंग बयान लिइएको थियो ।

राति करिब ९ बजेतिर बयान लिने कार्य सकिएको सो कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि नेउपानले जानकारी दिए ।

त्यस्तै थुनामै रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणबाहेक सबैको बयान लिने कार्य सकिएको जानकारी दिदै सहन्यायाधिवक्ता नेउपानले खाँणको बयान लिने क्रममा खाँणले आफुलाइ सन्चो नभएको जनाउ दिएसंगै बयान लिने काय रोकिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

पछिल्लोपटक प्रहरी हिरासतमै खाणलाइ चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालते अनुमति दिएको छ ।