शुक्रबार, बैशाख २१, २०८१

प्रम प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं जेठ २,
प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । उहाँहरुवीचको छलफल संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे केन्द्रीत रहेको थियो ।

सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार प्रम प्रचण्डले सरकाले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी दिदै गर्दा सभामुख घिमिरेले संसद सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको जनाउसंगै सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको माननीयहरुको गुनासोको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

साथै उहाँले संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको जुन प्रयास गर्नुभएको छ, त्यो सराहनीय रहेको बताउनभएको प्रेस संयोजक अधिकारीले बताए ।