आइतवार, बैशाख २३, २०८१

भ्रष्टचार र भ्रष्टचारीविरुद्ध सडक प्रदर्शन नभइ कारवाहीमा उत्रन महानगर प्रमुखको आग्रह

काठमाडौं बैशाख ३१,

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आम जनता लक्षित हुँदै भ्रष्टचार बिरुद्ध प्रदर्शन गर्ने होइन, सिधै कारबाहीमा उत्रुनुपर्ने बताएका छन ।  प्रमुख साहले आफ्नो सामाजिक सञ्जालमार्फत जुनसुकै किसिम वा जोसुकै भएपनि भ्रष्टचार र भ्रष्टचारी विरुद्ध अवका दिनमा प्रदर्शन गर्ने नभइ सिधै बागमतीमा चोपल्नु पर्ने आग्रह सहितको जागरण अभिव्यक्ति दिएको हो ।

भ्रष्टचारी बिरुद्ध पहिलोपटक मुख खोल्दै महहानगर प्रमुख साहले तपाईहरुलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, भन्दै भ्रष्टचारविरुद्धको आन्दोलन ? को नेता हो थाहा छ ? घर कहाँ हो थाहा छ ? सिधै लगेर बागमतीमा चोपल्नुस् सडक नाटकमा अल्मलिदै समय खेर नफाल्न आग्रह गरेका छन ।

साथै सडक नाटकमा अल्मलिने हो भने कुनै निकास पाउँन नसक्ने जनाउ सहित सडक नाटक प्रति आफ्नो विस्वास नभएको भन्दै सिधै कार्बाही गर्न हौस्याएका छन ।