शुक्रबार, बैशाख २१, २०८१

अकुत सम्पति आर्जन गर्ने उपसचिव भट्टराईविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्धा दायर

 काठमाडौं बैशाख १९,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध आज भ्रष्टाचारको अभियोग सहित मुद्दा दर्ता गरेकोछ ।

उपसचिव भट्टराईले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०३८।०४।०१ गतेदेखि मिति २०७५ मंसिर मसान्तसम्मको अवधिमा निज र निजको एकासगोलको परिवार सदस्यको आय तथा आयस्रोत र व्ययको विश्लेषण गर्दै अनुसन्धानको क्रममा निजले अर्जन गरेको आयस्रोत अस्वभाविक रहेको पाएसंगै आयोगले निविरुद्ध १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

साथै आयोगले भट्टराईले आर्जन गरेको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको जनाउँदै उनको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेको आयोगले जनाएको छ ।

त्यस्ते भट्टराईले अवैध आर्जनको सम्पत्ति पत्नी मुना अधिकारी भट्टराई र छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराई संगै आमा इन्दिरा भट्टराईको नाममा राखिएको सम्पत्ति समेत जफत गर्न अख्तियारले माग गरेको छ।