शुक्रबार, बैशाख २१, २०८१

राष्ट्रपति पौडेलले आफ्नो उपचारमा लागेको खर्च आफैं व्यहोर्न

 काठमाडौं बैशाख १९,
राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको खर्च आफैंले व्यहोर्ने भएका छन्। राष्ट्रपतिको सचिवालयले मंगलबार जारी प्रेस नोटमार्फत राष्ट्रपति पौडेलले आफ्नो उपचारमा लागेको खर्च आफैं व्यहोर्न प्रष्क्तिष्टोक्ति दिएको हो ।

त्यस्तै जारी प्रेस नोटमा शिक्षण अस्पतालमा उपचारका क्रममा स्वास्थ्यमा सुधार नदेखिएपछि चिकित्सकको सल्लाहअनुसार राष्ट्रपति पौडेलको भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइ स्वास्थ्यमा सुधारआएसंगै उहाँ वैशाख १७ गते साँझ स्वदेश फर्किनु भएको हो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्चको सवामा समजीक सञ्जालदेखि  चोकचौराहमा अनेकन टिकाटिप्णी हुँदै आएको थियो ।

यहाँसम्मकी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च राज्यकोषबाट नभई आफैँले व्यहोर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेललाई उपचार खर्च आफैं व्यहोर्छु भनेर सार्वजनिक गर्न आग्रहसमेत गर्नुभएको थियो ।