शनिबार, बैशाख २२, २०८१

एसीसी प्रिमियम कप: आज  नेपाल र संयुक्त अरब इमिरेटवीच फाइनल खेल हुँदै

काठमाडौं बैशाख १८,
एसीसी प्रिमियम कपको आज फाइनल खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बिहान ९ बजे हुने आजको खेलमा नेपाल र संयुक्त अरब इमिरेटवीच [युएई] बिहान ९ बजे भिड्दैछन् ।

शनिवार भएको खेलमा कुवेतलाई पराजित गरि समूह विजेता बन्दै नेपाल फाइनलमा पुगेको हो भने युएई ओमानलाई हराउँदै यहाँसम्म आइपुगेको हो ।

त्यस्तै आज हुने फाइनल खेलको विजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् । यदि, शनिवारको झैँ वर्षा भएमा आइसीसीको ओडिआई वरियतामा १४औं स्थानमा रहेको नेपाल र १९औं स्थानको रहेको युएई बिचको खेल मंगलबार हुने क्यान सम्वद्ध स्रोतले जनाएको छ ।