शनिबार, बैशाख २२, २०८१

आज १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैँ

सामाजिक सुरक्षा कार्यक्रम सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयहरूमा अनिवार्य र कडाइका साथ लागू प्रम प्रचण्डको प्रतिवद्धता

काठमाडौ बैशाख १८

 आज १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदै छ । सन् १८८६ अमेरिकाबाट ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । विश्वका मजदुरले सो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँने गरिन्छ ।

 ‘सामाजिक सुरक्षा, मर्यादित श्रमस् श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मूल नारासहित श्रमिक अधिकारको पक्षमा दबाब दिने उद्देश्यले  विभिन्न संघ संगठनले  पदयात्रा लगायतका विभिन्न कार्यक्रमको आयोजना  गरेका छन  ।

त्यस्तै दिवसको अवसरमा राष्ट्रपति  रामचन्द्र पौडेलले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा  नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक कायम गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको छ । मुलकमा लोकतन्त्रात्मक, समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास व्यक्त गर्दै   सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रधानमन्त्री  प्रचण्डसंगै विभिन्न दलका शिर्ष नेतृत्वले पनि शुभकामना दिनुभएको छ । प्रम प्रचण्डले आफ्नो शुभकामना सन्देशमा नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र वलिदानका अनेकौं कीर्तिमान कायम गरेका छन् । किसान र मजदूरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको संघर्ष र बलिदानको कीर्तिमानकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । नेपाल अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यावहारिक अभ्यासको चरणमा प्रवेश गरेको उल्लेख गर्नुभएकोछ ।

त्यस्तै उहाँले मजदुरहरुको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा शर्त र सुविधा निश्चित र बैधानिक गर्न अनुगमनकारी निकायलाई सक्रिय बनाइने प्रतिवद्धता संगै आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयहरूमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने बताउनुभएकोछ ।