बिहिबार, बैशाख २०, २०८१

नेपाल क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई प्रम प्रचण्डले दिए बधाइ

काठमाडौ बैशाख १६,
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल फाइनलमा प्रवेश गरेसंगै प्रधानमन्त्री प्रचण्डले क्रिकेटटोलीलाइ बधाई दिनुभएको हो।

प्रधानमन्त्री प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा हर्ष व्यक्त गर्दै आफ्नो समाजीक सञ्जाल ट्विटरमा ट्विट गर्दै नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापनसंगै ‘क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकोछ ।

सोमबार नेपाली ‘क्रिकेट टोलीले यूएईसँग फाइनल खेल खेल्नेछ । यसवीचमा नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दा एसिया कपमा सहभागीता जनाउन पाउने छ ।