बिहिबार, बैशाख २०, २०८१

प्रतिनिधि सभा बैठक: १० वटा विषयगत समितिका सदस्यहरुको नामावली अनुमोदित

 काठमाडौं वैशाख १५,
आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले १० वटा विषयगत संसदीय समितिमा रहने सदस्यहरुको नाम संसदमा अनुमोदनका लागि प्रस्तुत गर्नुभएकोछ ।

प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले प्रस्तुत गर्नुभएको १० वटा विषयगत समिति क्रमस अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिका सदस्यहरुको नामावली बैठकले अनुमोदन गरेको हो ।

विषयगत समितिका लागि अनुमोदित नामावली क्रमस निम्नानुसार रहेको छ ।