बिहिबार, बैशाख २०, २०८१

१ लाख पचास हजार घुस लिने खाद्य अनुसन्धान अधिकृत ढुंगेलविरुद्ध मुदा दायर

काठमाडौं वैशाख १५,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेलले अनुज्ञापत्र दिने क्रममा रु १ लाख पचास हजार रुपियाँ घुस लिएको आरोप सहित आज विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा ढुंगेलले सेवाग्राहीसँग अनुज्ञापत्र दिने प्रयोजनका लागि सो रकम लिएको अनुसन्धानको क्रममा पुष्टि भएसंगै निजविरुद्ध मुद्धा दायर गरेको हो ।

त्यस्तै दायर मुद्धामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा [१] को देहाय [घ] बमोजिमको कसुरमा बिगो रु १ लाख पचास हजार कायम गरी ऐनको दफा ३ को उपदफा[१] को देहाय [घ] बमोजिम कैद र विगो जरीवानाको मागदावी गरिएको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31