आइतवार, बैशाख २३, २०८१

कोभिड संक्रमणका कारण मृत्यु हुनेको सख्या १२ हजार २७ पुग्यो

काठमाडौं वैशाख ९,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार कोभिड संक्रमणका कारण थप एक जनाको मृत्यु भएसंगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको सख्या १२ हजार २७ पुगेको जनाएको छ ।

त्यस्तै मन्त्रालयले वितेको २४ घण्टामा पीसीआर र एन्टिजेन परीक्षणको क्रममा ७८ नयाँ संक्रमित थपिएको जनाएको छ ।  त्यस्तै पीसीआर परीक्षणतर्फक सक्रिय संक्रमित ३८३ पुगेका जानकारी सहित मन्त्रालयले ७ जना आईसीयूमा तथा ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।