आइतवार, बैशाख २३, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको प्रस्ताव अस्वीकृतसंगै ढल्यो एमालेको सरकार

काठमाडौं वैशाख ९,
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभा बैठकमा पेस गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएसंगै एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ ।

एमाले संसदीय दलका नेता अधिकारीले माओवादी केन्द्र र राप्रपाको समर्थनमा गत पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भइ पुस २९ मा विश्वासको मतप्राप्त गरेका थिए । तर केन्द्रीय नेतृत्वमा भएके सत्ता समिकरणको फेरबदलसंगै माओवादी केन्द्रले सरकालाइ दिदै आएको समर्थन चैत १० मा फिर्ता गरेपछि अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

यसवीचमा सरकारलाइ दिदै आएको समर्थन फिर्ता भएयता ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री अधिकारीले प्रदेश सभा बैठकमा विस्वासको मतका लागि अपिल गरेको हो ।

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री अधिकारीको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत परेको हो । अधिकारीलाई एमालेको २२ र राप्रपाका २ सांसदले मत दिएका हुन् । कांग्रेसले आफ्नो २७ मत, माओवादी केन्द्रका ७ र स्वतन्त्र सांसदले विपक्षमा मत दिएका थिए ।

साथै अवको चरणमा काँग्रेस माओवादी केन्द्र संगै स्वतन्त्र सांसद समेतको सहभागिताम गण्डकी प्रदेश नयाँ सरकार गठन हुने भएको छ । प्रदेश सभामा सरकार बन्न ३१ मतको आवश्यक पर्दछ । जुनसख्या काँग्रेस ,माओवादी केन्द्र र स्वतन्त्र सांसदको गणितीय सख्या प्रष्ट बहुमत सहितको रहेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको प्रस्ताव अस्वीकृतसंगै ढल्यो एमालेको सरकार