आइतवार, बैशाख २३, २०८१

ऐतिहासिक ढुङ्गेधाराको जिर्णोद्धारपछि देवी-देवताको मुर्ति प्रतिस्थापन

बायाँ मन्दिरभित्र रहेको देवी-देवताको मुर्ति दायाँ परियोजना विवरण

काठमाडौं बैशाख ९,
काठमाडौ महानगरपालिका वडा न १९ को ढोकाटोलस्थित ऐतिहासिक महत्व वोकेका पौराणिक ढुङ्गेधाराको जिर्णोद्धार पछि ढुङ्गेधारामा रहेका प्राचिन देवी- देवता [लक्ष्मीनारायण , भैरव , उमामहेश्वर लगायतका]को मुर्ति आज एक कार्यक्रमकावीच प्रतिस्थापन गरिएको छ ।

जिर्णोद्धार गरिएको ढुङ्गेधारामा काठमाडौं महानगर वडा न १९का वडाध्यक्ष राजेश श्रेष्ठको उपस्थितीमा ढुङ्गेधाराको जिर्णोद्धार सकेसंगै प्रतिस्थापित देवी देवताको मुर्तिमा स्थानीय ज्येष्ठ नागरिक अम्बिका सिंह लगायतका महिला समूहले पूर्जाअर्चना गर्नु भएको हो ।

स्थानीय भाषामा पौंचा हिटी नामले चिनिने उत्कृष्ट कलाकौशल सहितको प्राचीन यस ढुङ्गेधाराको जिर्णेद्धारको लागि काठमाडौं निर्वाचन क्षेत्रन ८बाट निर्वाचित तत्कालीन संघीय सासंद पर्यटन तथा संस्कृति मन्त्री जीवनराम श्रेष्ठ मार्फत हनुमानढोका दरवार संग्राहलय विकास समितिको तर्फबाट मुअ कर र पिएस समेत गरि कुल १४ लाख १९ हजार ९३७ रुपैयाको लागतमा जिर्णोद्धार सम्पन्न गर्ने गरि बजेट विनियोजन गरिएको   हो ।

जिर्णोद्धारपछि संक्षिप्त प्रतित्रिया दिने क्रममा वडाध्यक्ष श्रेष्ठले आफ्नो वडामा रहेको ६ सातवटा ढुङ्गेधारामध्ये एकाध ढुङ्गेधारामामात्र पानी पानी बग्ने जनाउ सहित अवका दिनमा बाँकी ढुङ्गेधारामा समेत संभव भएसम्म भूमिगत जलस्रोत व्यवस्थापन नीति, २०६९ अनुसार पानी बग्ने बनाउँने नभए कृतिम तौरतरिकाबाट भएपनि पानी बग्ने बनाउँदै ढुङ्गेधाराको आकर्षणलाइ कायम राख्ने योजना वडा समितिको रहेको बताउँदै ढुङ्गेधाराको जिर्णोद्धारमा प्रत्यक्ष वा परोक्ष रुपमा संग्लन सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।