बिहिबार, बैशाख २०, २०८१

अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय हुँदैन : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं बैशाख १,
पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८० को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै पछिल्लो समय विभिन्न पक्षबाट भएका कमी कमजोरीले गर्दा देशको आन्तरिक सद्भाव, एकता, महत्वपूर्ण संस्थाहरुको सवलता र अन्तर्राष्ट्रिय सम्मानमा आँच पुगेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

त्यस्तै उहाँले नेपाली माटो, नेपालको प्रकृति, नेपाली मौलिक संस्कृति र आम नेपालीको आशा अनुभूतिलाई बुझेर अग्रगतितर्फ लाग्नु पर्नेमा जोड दिदै हालैका दशकहरुमा जानेर–नजानेर देशका विभिन्न पक्षहरुबाट जे जस्ता कमजोरी भए त्यसबाट यो गौरवशाली इतिहास बोकेको हाम्रो देशले धेरै दुःख पाएको जिकिर गर्नुभएको छ ।

त्यस्तै उहाँले नेताहरुले विगतमा भएको सहमति तोडेको र त्यो नै अहिलेको बेथिति, अवश्वास, द्वन्द्व र जटिलताको जड भएको टिप्पणी गर्दै राजनीति र राज्य सञ्चालनको प्रकृयामा इमान्दारीताको ठूलो महत्व रहन्छ। राजनीतिक दल र त्यसका जिम्मेवारजिकिर नेताहरुले बोलेको तथा सम्झौता र सहमतिको अझ ठूलो अर्थ रहन्छ। मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयं अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय हुँदैन भन्दै आज उत्पन्न बेथिति, अविश्वास, द्वन्द्व र जटिलताको जड भएको बताउनुभएकोछ ।

साथै पछिल्लो समय युवाहरुमा विदोहभाव देखिन थालेको बताउँदै कसैको मुख थुनेर, धरपकड गरेर वा अर्थहीन आरोप थोपरेर नहुने भन्दै देशलाई जानीजानी बर्बादीतिर नधकेल्न आग्रह गर्नुभएको छ ।