आइतवार, बैशाख २३, २०८१

लामिछानेविरुद्धको मुद्दामा किशोरीको जाँच गर्ने चिकित्सकलाई बकपत्रका लागि अदालतमा झिकाइने

काठमाडौँ २६ चैत,
काठमाडौँ जिल्ला अदालतले बलात्कारको आरोपी क्रिकेटर सन्दीप लामिछानेको मुछामा आज सुनवाइ गर्दै जाहेरीकर्ता किशोरीको तत्कालीन अवस्थामा स्वास्थ्य जाँच गर्ने विशेषज्ञ चिकित्सकलाई बकपत्रका लागि बोलाउने निर्णय गरेको छ।  जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले यस्तो आदेश दिएको हो ।

 बलात्कारको आरोपमा गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीप पुस २९ मा २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

यसअघि जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गर्दै उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले ५ बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश गरेको थियो ।