आइतवार, बैशाख २३, २०८१

कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिसंगै सरकारमा कांग्रेस सहभागी हुने मार्ग खुल्यो

काठमाडौं चैत २६,
पछिल्लो समय सत्ता समिकरणमा भएको फेरबदलसंगै कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेका तीन जना मन्त्रीहरूले आइतबार मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाउँदै सरकारबाट वाहिरिएको हो ।

एमालेको तर्फबाट प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र वन, वातावरण तथा पर्यटनमन्त्रीको जिम्मेवारीमा रहेका जितबहादुर शाहीले संयुक्त राजीनामा दिनुभएको हो।

सरकारबाट एमाले वाहिरिएसंगै मुख्यमन्त्री शर्माले फेरि प्रदेश सभामा विश्वासको मत लिनुपर्ने भएको छ । यद्यपी एमाले सरकारबाट वाहिरएपछि कांग्रेस सरकारमा सहभागी हुने मार्ग भने प्रसस्तमात्र भएको छैन मुख्यमन्त्री शर्मालाइ विश्वासको मतका लागि भएको छ ।

त्यस्तै काँग्रेसको सरकामा सहभागीताहुने भएपछि मुख्यमन्त्री शर्मालाइ विस्वासको मतका लागि समेत सुविधानजनक बहुमत सहजैप्राप्त हुने अवस्था सिर्जना भएको छ।