आइतवार, बैशाख २३, २०८१

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक [पूर्णपाठ सहित]

सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष हस्तान्तरण गरिदै । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं चैत २३,
सत्ता गठबन्धनले सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिएकोछ । गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि आवश्यक छलफलपछि थप परिमार्जन गरेर आज सार्वजनिक गरिएको हो ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले यो सरकारको नीति तथा कार्यक्रम बनाएको हो ।

सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रमको पूर्णपाठ

कार्यदलले तयार पारेको सरकारको नीति तथा कार्यक्रममा आर्थिक अवस्था सुधार, सङ्क्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकास लगायतका ९ वटा विषयलाई प्राथमिकरण गरिएकोछ ।

न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुअघि सत्ता साझेदार दलहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल पछि बैठकले अनुमोदन गरेसंगै सरकारले साँझ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो ।