बिहिबार, बैशाख २०, २०८१

विविध कार्यक्रम सहित आज नेपाली सेनाले सेना दिवस मनाइँदै

काठमाडौं फागुन ६,
नेपाली सेनाले आज आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदैछ ।महाशिवरात्रीको अवसर पारेर देशैभर विभिन्न कार्यक्रम आयोजना गरि दुई दशकदेखि सेनाले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

शिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज बढाइँ कवाजसहितको विशेष समारोहको पनि आयोजना गरिदै छ । सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस मनाउँदै छन् ।

सैनिक मञ्च टुँडिखेलमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । टुँडिखेलमा मुख्य समारोहमा राष्ट्रप्रमुखहरु सहभागी हुने कार्यक्रम रहेको छ ।