शुक्रबार, बैशाख २१, २०८१

मौजुदा गठबन्धन सरकारको अवस्था परिवर्तन हुन सक्ने एमाले अध्यक्ष ओलीको संकेत

काठमाडौं फागुन २,
नेकपा माओवादी नेतृतवको मौजुदा गठबन्धन सरकारका प्रमुख घटक एमालेका अध्यक्ष केपी ओलीले अनेरास्ववियुको २३औं महाधिवेशनको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै वर्तमन संसद्को बनावट नै अस्थिरताको कारक रहेको जनाउ सहित मौजुदा गठबन्धनको अवस्था परिवर्तन हुन सक्ने संकेत गरेका छन ।

सम्बोधनको क्रममा अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाएका छौं। यो सफलताको प्रसंग भएपनि पछिल्लो समय सडक देखि सदनसम्म स्थिरता हुन नदिन अनेक किसिमका प्रयास सहित विभिन्न शक्तिहरू क्रियाशील भइरहेको बताउनुभयो ।

त्यस्ते उहाँले देश बनाउने विषय सोझो रेखामा राजनीति नहिँड्ने भन्दै उनको भनाइ छ । ‘देश बनाउने भनेको कुरो, सोझो रेखामा राजनीति जाँदैन । हामीले अनेकौँ उतारचढाव देखेका छौँ, फेरि पनि त्यस्ता उतरचढाव आउँने बताउँदै यसवीचमा सचेत आवश्यक रहेको बताउनुभयो । साथै विद्यार्थीको काम पढ्ने हो। परिचयपत्र देखाउनका लागिमा त्र होइन भन्दै अनेरास्ववियु भनेको विचार, तर्क, कामको उत्कृष्टताको प्रतिविम्व हुनु आजको आवश्यकता रहेको बताउनुभयो ।